भारतमा सात चरणमा आमनिर्वाचन, मोदी र गान्धीबीच महाभिडन्त


काठमाडौं– भारतमा आगामी अप्रिल ११ देखि मे १९ सम्म आमनिर्वाचन हुने भएको छ।

भारतको निर्वाचन आयोगले सात चरणमा निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो। भारतमा नयाँ लोकसभा अर्थात् संसदको तल्लो सदनका लागि हुने सो निर्वाचनको मतगणना भने मे २३ मा सुरु हुने छ। करीब ९० करोड जनता मतदानमा सहभागी हुने बताइएको छ।।

आम निर्वाचनमा प्रधानमन्त्री मोदीको सत्तारुढ पार्टी भारतीय जनता पार्टी भाजपा र विपक्षी भारतीय कांग्रेसबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान छ। ५ सय ४३ सिट संख्याको तल्लो सदनमा बहुमतका लागि एकल या गठबन्धन पार्टीले सरकार बनाउनका लागि २ सय ७२ सिट जित्नुपर्ने हुन्छ ।

आयोगका अनुसार तेलंगना, तामिलनाडू, झारखण्ड, अन्डमान एण्ड निकोबार र दादरमा पहिलो चरणमा निर्वाचन हुनेछ। कर्नाटका, मनिपुर, राजस्थान र त्रिपुरामा दोस्रो चरणमा निर्वाचन हुनेछ भने आसाम र छत्तिसगढ राज्यको निर्वाचन तेस्रो चरणमा सकिने आयोगले जनाएको छ। झारखण्ड, मध्यप्रदेश, महाराष्ट्र र ओडिसाको चौँथो चरणमा तथा झारखण्डमा पाँचौँ चरणको चुनाव हुनेछ भने विहार, उत्तर प्रदेश र पश्चिम बंगाल प्रदेशमा सातौँ चरणको निर्वाचन हुने निर्वाचन आयोगले जनाइएको छ। आगामी निर्वाचनमा झण्डै ९० करोड मतदाताले मतदान गर्ने अपेक्षा निर्वाचन आयोगको छ। निर्वाचनको मिति घोषणा भएसँगै भारतमा आइतबारबाटै आचारसंहिता लागू गरिएको छ।
यस्तो छ चुनाव तालिका 
पहिलो चरण :  ११ अप्रिल : ९१ सिट

दोस्रो चरण : १८ अप्रिल : ९७ सिट

तेस्रो चरण : २३ अप्रिल : ११५ सिट

चौथो चरण : २८ अप्रिल : ७१ सिट

पाँचौं चरण : ६ मे : ५१ सिट

छैटौं चरण : १२ मे : ५९ सिट

सातौं चरण : १९ मे : ५९ सिट

प्रतिक्रिया दिनुहोस
Advertisement