इङ्ल्यान्डमाथि भारतको शानदार जित

इङ्ल्यान्डमाथि भारतको शानदार जित


काठमाण्डु- भारत र इङ्ल्यान्डबीच भएको दोस्रो एकदिवसीय खेलमा भारत ५ विकेटले पराजित गरेको छ । कटकको बाराबती रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै इङ्ल्यान्डले भारतलाई ३०५ रनको लक्ष्य दिएको थियो । भारतले ५.३ ओभर बाँकी रहँदा यो लक्ष्य हासिल गरेको छ ।

भारतका कप्तान रोहित शर्माले ९० बलमा १२ चौका र ७ छक्का हान्दै ११९ रन बनाए । शुभमन गिलले ६०, श्रेयस अय्यरले ४४ र अक्षर पटेलले ४१ रन बनाए ।

इङ्ल्यान्डका लागि जो रुटले ६९ र बेन डकेटले ६५ रन बनाए ।

बलिङमा भारतका रविन्द्र जडेजाले सबैभन्दा धेरै तीन विकेट लिए भने इङ्ल्यान्डका जेमी ओभरटनले दुई विकेट लिए ।

यो जितसँगै भारतले तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । अर्को खेल फेब्रुअरी १२ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।