सय रुपैयांको नोटमा चुच्चे नक्सा छाप्ने नेपालको निर्णयमा भारतीय विदेशमन्त्रीको विरोध


काठमाण्डु – भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल सरकारले सय रुपैयांको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् । शनिबार भूवनेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सीमा समस्या समाधान गर्न दुई देशको स्थापित संयन्त्रमार्फत छलफल भइरहेको बेला नेपालले एकतर्फी निर्णय गरेको बताए ।

नेपालले गरेको निर्णयप्रति असन्तुष्टि जनाउंदै उनले यो निर्णयले अहिलेको अवस्था र जमिनको वास्तविकता नबदलिने दावी गरे ।

बिहीबार बसेको मन्त्रिपरिषदले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएपछि भारतिय विदेशमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो ।

नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाली भुमि समेटेर नयां नक्सा जारी गरेको थियो । भारतले त्यसयता नै नेपालसंग यो निर्णयप्रति विरोध जनाउंदै आएको छ । तर, नेपालले भने आफ्नो भुमि कुनै हालतमा नछोड्ने अडान राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement