एजेन्सी – इरानले भारतसंग भएको चाबहार रेल परियोजनाको सम्झौता खारेज गर्ने घोषणा गरेको छ । इरान र चीनबीच ४ सय अरब डलरको रणनितिक सम्झौताको तयारी भएसंगै इरानले भारतसंगको सम्झौता खारेज गरेको हो । यसबाट भारतलाई ठुलो कूटनीतिक झट्का मिलेको छ ।
इरानले सम्झौता भएको चार वर्षसम्म पनि रकम उपलव्ध नगराएको भन्दै चाबहार रेल परियोजना आफै बनाउने घोषणा गरेको छ । यो रेल परियोजना चाबहार पोर्टबाट जहेदारको बीच बनाउने योजना थियो । इरानका ट्रान्सपोर्ट तथा शहरी विकासमन्त्री मोहम्मद इस्लामीले ६२८ किमी लामो रेलवे ट्रेक बनाउने भन्दै उदघाटन गरेका छन् ।
यो रेलवे लाइनलाई अफगानिस्तान हुंदै जराज सीमा क्षेत्रसम्म बढाईनेछ । यसलाई २०२२ सम्म पुरा गर्ने लक्ष्य राखिएको छ । इरानको नेशनल डेभलपमेण्ट फण्डले ४० करोड डलरको यसमा लगानी गर्नेछ ।
भारतले यो परियोजना अफगानिस्तान तथा अन्य मध्य एशियाई देश जानको लागी वैकल्पिक मार्गको रुपमा उपयोग गर्ने योजना बनाएको थियो । यसका लागी इरान,भारत र अफगानस्तानको बीचमा त्रिपक्षीय सम्झौता समेत भएको थियो । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको इरान भ्रमणका बेला २०१६ मा चाबहार सम्झौतामा हस्ताक्षर भएको थियो ।
यो पनि पढ्नुहोस्-
अमेरिकालाई चुनौती दिंदै चीन र इरानबीच ४ सय अरब डलरको रणनैतिक सम्झौता हुंदै




प्रतिक्रिया