भारतीय पत्रबारे बोले प्रधानमन्त्री, मलाई तीन मन्त्रीले ‘गुमराह’मा राखे


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षणमा असन्तुष्टि जनाउँदै भारतले नेपाललाई पठाएको पत्रबारे आफुलाई थाहा नभएको दाबी गरेका छन् ।

बिहिबार राजधानीमा संघीय मामिला मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारत लगायत अन्य मुलुकबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण नगरी नेपाल भित्र्याउन नदिने निर्णयविरुद्ध भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई ‘गुमराह’मा राखेकोे बताएका छन् ।

उनले भारतीय दूतावासबाट आएको पत्रबारे परराष्ट्र मन्त्रालय, वाणिज्य र कृषि मन्त्रालय जानकार भए पनि आफुलाई थाहा नदिएको बताए । ‘पत्र आएको रहेछ । मलाई थाहा भएन । जनता सामु मलाई झुटो बनाइयो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा मैले क्षमा माग्नुपर्छ । भारतबाट आएको धेरै दिन अघि नै आएको रहेछ । म लज्जित हुनुपर्ने अवस्था भयो ।’

प्रधानमन्त्री ओलीले उनलाई झुक्याउने काम जानाजान हो या लापरवाहीका कारण हो खुलिनसकेको बताए । उनले भने, ‘यसबारे म बुझ्नेछु ।’

उनले जनतासँग प्रधानमन्त्री कार्यक्रममा पनि भारतीय पत्र आएकोबारे आफुलाई थाहा नभएको र आफूले खोजेपछि मात्र २३ गते बेलुका आफुले थाहा पाएको बताउँदै आफ्नो भूल स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement