भारत र बंगलादेशमा अंपुन चक्रवातबाट भएको क्षतिबारे नेपालद्वारा दुःख व्यक्त


काठमाडौं – सरकारले भारतमा आएको अंपुन चक्रवातबाट भएको जनधनको क्षतिबारे गहिरो दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चक्रवातका कारण पश्चिम बंगाल र उडिसा राज्यमा ज्यान गुमाउनेहरूका परिवार र भारत सरकारप्रति समवेदना र चक्रवातबाट घाइते भएकाहरुको स्वास्थ्य लाभको कामना गरेको छ ।

पूर्वी भारत र बंगलादेशमा बुधबार दिउँसोदेखि आएको चक्रवातले ८० बढी मानिसको मृत्यु भएको छ ।

त्यस्तै नेपालले चक्रवातका कारण बंगलादेशमा भएको जनधनको क्षतिप्रति पनि दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै चक्रवातबाट घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लभाको कामना गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement