भारतले नेपालको १९ किलोमिटर भूमि मिच्यो, हामीलाई स्वीकार्य छैन्ः मन्त्री ज्ञवाली


काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले नेपालको १९ किलोमिटर अतिक्रमण गरेर सडक बनाएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक १९ किलोमिटर नेपाली भूमि मिचेर बनाएको जानकारी दिएका हुन् ।

‘हामीलाई विश्वास छ यो विषय कूटनीतिक पहलबाटै समाधान हुन्छ, तसर्थ यो मुद्दालाई अहिल्यै अन्तर्राष्टियकरण गर्नुपर्ने आवश्यकता छैन,’ उनले भने ।

भारतले नेपाली भूमि मिचेर सडक बनाएको जानकारी पाउनेबित्तिकै यसको विस्तृत जानकारी पठाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकिएको उनले जानकारी दिए । मन्त्री ज्ञवालीले भारतले सडक निर्माण गरेको आफूहरुलाई पूर्वजानकारी भएको बताएका छन् ।

‘निरन्तर पहलका बाबजुद हाम्रो आग्रहलाई ध्यान नदिएर यो भएको हो । काली नदी नै हाम्रो सीमा हो । हामीलाई एकतर्फी निर्णय स्वीकार्य हुँदैन र छैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement