भारत–पाकिस्तान सेनाबीच नियन्त्रण रेखामा सङ्घर्ष विराम गर्ने सहमति


एजेन्सी – भारत र पाकिस्तानका सेनाबीच वास्तविक नियन्त्रण रेखामा सङ्घर्ष विराम गर्ने सहमति भएको छ ।

भारत र पाकिस्तानका सेनाले एक संयुक्त विज्ञप्ति जारी गर्दै दुवै पक्ष वास्तविक नियन्त्रण रेखा (एलओसी) र अन्य क्षेत्रमा २४–२५ फेब्रुअरीको मध्यरातिदेखि सङ्घर्ष विराम गर्ने विषयमा सहमति भएको जनाएको छ ।

भारत र पाकिस्तानको तर्फबाट नियन्त्रण रेखामा लगातार सङ्घर्ष विरामको उल्लङ्घन भइरहेको अवस्थामा दुवै देशको सेनाका डीजीएमबीच यस विषयमा कुराकानी भएको हो ।

सङ्घर्ष विरामको उल्लङ्घनका कारण दुवैतर्फको नियन्त्रण रेखा नजिकका गाउँ पूर्णरुपमा प्रभावित भइरहेका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षले नियन्त्रण रेखा र अन्य क्षेत्रमा सबै सम्झौता, आपसी समझदारी र सङ्घर्ष विरामलाई २४–२५ फेब्रुअरीको मध्यरातिदेखि कडा रुपमा पालना गर्नेछन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement