भारतले पब्जीमाथि प्रतिबन्ध लगायो


एजेन्सी – भारतले विश्वभर लोकप्रिय खेल पब्जीसहित ११८ वटा एप्समाथि प्रतिबन्ध लगाएको छ । चीनसँगको सीमा झडप भएपछि भारतले चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो ।

भारतको इलेक्ट्रोनिक्स एन्ड आइटी मन्त्रालयले बुधबार ती एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् ।

पब्जी गेम चिनियाँ कम्पनी टेन्सेन्टको स्वामित्वमा रहेको छ । केही महिनाअघि लद्दाखमा भएको झडपमा २० जना भारतीय सैनिक मारिएपछि भारतले चिनियाँ सामाग्रीमान्थि प्रतिबन्ध लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement