काठमाण्डु- भारतले आइतबार ७६ औँ गणतन्त्र दिवस मनाउँदैछ । भारतले यस वर्ष ‘स्वर्णिम भारत–विरासत र विकास’ भन्ने नारासहित गणतन्त्र दिवस मनाइरहेको छ । गणतन्त्र दिवसको अवसरमा नयाँ दिल्लीमा रहेको ‘कर्तव्यपथ’ मा राष्ट्रपति द्रौपदी मुर्मूले झण्डोत्तलन गरेकी छिन् । लगत्तै परेडमा विभिन्न प्रदेश र सरकारी विभागको झाँकी प्रदर्शन गरिएको छ ।
दिवसका अवसरमा वितरण गर्न सरकारले दुईजनालाई किर्ति चक्र, १४ वटा सौर्य चक्रसहित केही वीरता पुरस्कार पाउने व्यक्ति घोषणा गरेको छ । गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रूपमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो सहभागी भएका छन् ।
सन् १९४७ को अगस्ट १५ तारिखमा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको भारत सन् १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै गणतन्त्रात्मक देश घोषित भएको थियो ।
प्रतिक्रिया