भारत र रुस मिलेर उत्तर प्रदेशमा बनाउंदैछन् ७ लाख ४७ हजार राइफल बनाउने हतियार कारखाना


काठमाडौं– भारतले रसियासंग मिलेर राइफल उत्पादन गर्ने भएको छ । ७२ हजार ४ सय राइफल अमेरिकी कम्पनीबाट खरिद गर्ने सम्झौता भएलगत्तै भारत सरकारले अर्को महत्वपूर्ण निर्णय गरेको हो ।

भारतको रक्षामन्त्रालयले बुधवार सांझ रुससंग मिलेर करीब ७ लाख ४७ हजार राइफल निर्माण गर्ने निर्णय गरेको हो । उक्त राइफलको प्लाण्ट भारतको उत्तर प्रदेशस्थित अमेठीमा लाग्ने बताईएको छ । भारतको रक्षामन्त्रालयले यसबारेमा आधिकारी निर्णय सार्वजनिक भने गरेको छैन् ।

दुवै देशको सरकारबीच भएको सहमतीअनुसार रुसको कलाश्रिकोव कंर्सन र भारतको आर्डिनेस फैक्ट्री बोर्ड मिलेर एके ४७ को तेस्रो भर्सन एके २०३ तयार गर्नेछ । दुवै देशको सरकारी तहमा यही हप्ता सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । मेक इन इंडिया कार्यक्रमअनुसार यी हतियार भारतमै बनाईनेछ । यसमा भारतिय कम्पनीको ५०.५ र रुसी कम्पनीसंग ४९.५ प्रतिशत शेयर रहनेछ ।

भारतले ७२ हजार असाल्ट राईफल खरीदको लागी अमेरिकी कम्पनी एसआईजी जारसंग सम्झौता गरेकै केही समयपछि रुसी कम्पनीसंग मिलेर हतियार बनाउने निर्णय गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अहिले भारतीय सुरक्षाबलले ५.५६\४५ एमएम इनसास राइफल प्रयोग गरिरहेको छ । पछिल्लो समय भारतले सुरक्षा बललाई हतियार र प्रविधिमा आधुनिक बनाउंदै लगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement