भारतीय वायु सेनाका कमाण्डर पाकिस्तानको कब्जामा,सेनासंग मोदीको उच्च स्तरीय बैठक

भारतीय वायु सेनाका कमाण्डर पाकिस्तानको कब्जामा,सेनासंग मोदीको उच्च स्तरीय बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतको जम्मू-कश्मीर पलुवा जिल्लामा चरपन्थीले गरेको सुरक्षाकर्मीको गाडिमा भएको आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्धमा थप केहि दरार देखिएको छ । जम्मू-कश्मीरको पुलवा जिल्ला लेथपोरा नजिक श्रीनगर–जम्मू राजमार्गमा फेबरुअरी १४मा सिआरपिएफका जवान सवार गाडीमा आक्रमण भएको थियो ।

एक आत्मघाती हमलाकारीले गराएको विस्फोटमा भारतीय अर्धसैनिक बलका ४६ जनाको ज्यान गएपछि भारत र पाकिस्तानको सम्बन्ध चिसिएको छ । घटनाको जिम्मेवारी जैस ए मोहम्मद नामक चरमपंथी संगठनले लिएपनि भारतले भने उक्त घटनामा पाकिस्तानकै हात रहेको दाबी गर्दे आएको हो ।

सोही कारण उसले पाकिस्तानलाई यसको बदला लिने धम्की दिईरहेको बेला छ भने सिमामा निकै कडाई पनि गरिरहेको छ । मंगलबार बिहान मात्रै भारतीय वायुसेनाको विमानले पाकिस्तानको बालाकोट नजिक रहेको ’जैश-ए-मोहम्मद’को एक क्याम्पमा बम खसालेको थियो । त्यसको भोलिपल्ट अर्थात बुधबार जम्मू कश्मिरको बडगाम जिल्लामा बिहानै १० बजेर ४० मिनेट जाँदा भारतीय वायु सेनाको युद्धक विमान दुर्घटनाग्रस्त बनाएको थियो भने। भारतीय वायु सेनाका एक पाइलट पाकिस्तानको नियन्त्रणमा छन् ।

भारत सरकारले त्यसको पुष्टि गरे लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बेलुका उच्च स्तरीय बैठक बोलाएको हिन्दुस्तान टाइम्सले जनाएको छ । प्रधानमन्त्री मोदीको निवासमा बसेको बैठकमा स्थल, जल तथा हवाई सेनाका प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको उपस्थिति थियो ।

भारत–पाकिस्तानबिच बढ्दो तनावका बिच प्रधानमन्त्री मोदीले बुधबार बिहान पनि उच्च स्तरीय बैठक गरेका थिए । यसअघि विदेश मन्त्रालयले हिरातमा रहेका पाइलटलाई तत्काल रिहा गर्न पाकिसतानसँग आग्रह गरेको थियो । बुधबार बेलुका विदेश मन्त्रालयले वक्तव्य जारी गरेर पाइलट पाकिस्तानको नियन्त्रणमा रहेको पुष्टि गर्दै रिहाइका लागि अपिल गरेको हो ।

पाकिस्तानले बुधबार दुईवटा भारतीय लडाकु विमान आक्रमण गरि खसालेको थियो र एक पाइलटलाई नियन्त्रणमा लिएको थियो । भारतीय वायु सेनाका विंग कमाण्डर अभी नन्दन अहिले पाकिस्तानको कब्जामा छन् ।