भारत र श्रीलंका आज तेस्रो टी–२० खेल्दै

भारत र श्रीलंका आज तेस्रो टी–२० खेल्दै


काठमाण्डु-श्रीलंकाविरुद्धको टी–२० सिरिजमा भारतले मंगलबार तेस्रो खेल खेल्दैछ । यसअघि लगातार दुई खेलमा जित निकालेको भारत उच्च मनोबलका साथ मैदानमा हुनेछ ।

पहिलो खेलमा ४३ रनको जित निकालेको भारतले वर्षाका कारण अवरुद्ध भएको दोस्रो खेलमा डिएलएस पद्धतिमा ७ विकेटको जित निकालेको थियो । तेस्रो खेल मंगलबार साँझ ७ः१५ बजे सुरु हुनेछ ।

सूर्यकुमार यादवको कप्तानीमा श्रीलंका भ्रमणमा रहेको भारतले सिरिज उचाल्ने लक्ष्य राखेको छ । भारतका प्रमुख प्रशिक्षक गौतम गाम्भीरले नयाँ कप्तानसहितको टिमलाई महत्त्व दिएका छन् ।

भारतको क्रिकेटमा नयाँ युगको सुरुवात गर्ने घोषणा गरेका गाम्भीरले सूर्यकुमारलाई कप्तान बनाएका हुन् । यो सिरिजलाई प्रशिक्षक गाम्भीर र कप्तान यादवको अग्नि परीक्षाको रुपमा लिइएको छ ।