भारतीय सेनाध्यक्षको नेपाल भ्रमण : सेनालाई २२ करोड बराबरको सैनिक सामाग्री हस्तान्तरण


काठमाण्डु – भारतीय सेनाले नेपाली सेनालाई करिब २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री हस्तान्तरण गरेको छ । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले सैन्य सामाग्री सोमबार सैनिक मुख्यालय जङ्गी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेका हुन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले भारतीय सेनाध्यक्ष पाण्डेले २२ करोड रुपैयां बरावरको सैनिक सामाग्री हस्तान्तरण गरेको जानकारी दिए ।

भारतीय सेनाको तर्फबाट १० वटा माइन प्रोटेक्टीभ भेइकल (एमपीभी), ४ वटा घोडा, मेडिकल उपकरण, गाडी र हतियारको लागि दुई वटा सिमुलेटर र मेन्टीनेन्स स्पेयर्स पार्टस नेपाली सेनालाई सोमबार हस्तान्तरण गरिएको हो ।

भारतिय सेनाअध्यक्ष पाण्डेको भ्रमणमा दुई वटा हेलिकोप्टर दिने चर्चा चलेपनि त्यसको टुंगो भने नलागेको बताइन्छ । २२ करोड मध्ये १३ करोड २० लाख रुपैयाँ भारतको अनुदान सहयोगमा प्राप्त भएको हो भने ८ करोड ८० लाख रुपैयाँ नेपाल सरकारले ब्यहोरेको हो ।

पाँच दिने नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाण्डौं आएका भारतीय स्थल सेनाध्यक्ष पाण्डेले सोमबार प्रधानसेनापति शर्मासंग समेत द्धिपक्षिय भेटवार्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement