यी हुन् विश्वकै पहिलो ‘बुलेटप्रुफ हेलमेट’ बनाउने सेनाका मेजर


एजेन्सी – जम्मु–कश्मीरको सीमामा बारम्बार भारतीय सेनाका जवानलाई पाकिस्तानी सेनाले गोलीको निशाना बनाउँदै आएका छन् । यसका साथै आतंकवादीको बिरुद्धको अपरेशनमा सर्वाधिक ठूलो चिन्ताको विषय भनेको आफ्नो सेनाको सुरक्षा गर्नु हो । यस किसिमको अवस्थालाई मध्यनजर गर्दै मेजर अनुप मिश्राले बुलेटप्रुफ हेलमेट बनाएका छन् ।

यो विश्वकै त्यस्तो पहिलो बुलेटफ्रु हेलमेट हो जसलाई १० मीटरको दुरीबाट एके–४७ बाट चलाइएको गोली पनि रोक्न सक्ने क्षमता भएको दावी गरिएको छ । यो भन्दा पहिले अनुप मिश्राले बुलेट प्रुफ ज्याकेट बनाएका थिए, जसले स्नाइपर राइफलको गोलीबाट सुरक्षा प्रदान गर्छ । उनले पुरै शरीरलाई सुरक्षा प्रदान गर्ने बुलेटप्रुफ ज्याकेट पनि बनाएका छन् ।

अनुप मिश्रा भारतीय सेनाको कलेज अफ मिलिट्रि इन्जिनियरिङका लागि काम गर्छन् । मेजर अनुप मिश्रा जम्मु–कश्मीरमा तैनाथ भएको समयमा एक अपरेशनको शिलशिलामा गोलीको शिकार भएका थिए । उक्त समयमा उनले बुलेटप्रुफ ज्याकेट लगाएका थिए । यसै कारणले गोलीले उनको शरीर छेड्न पाएको थिएन ।

त्यसैले उनले बुलेटप्रुफ ज्याकेट बनाउने फैसला गरे । उनले बनाएको बुलेटप्रुफ ज्याकेट १० मीटरदेखि स्नाइपर बुलेटको सामना गर्न सक्ने किसिमको रहेको छ । स्वेदशी सर्वत्र बुलेटप्रुफ ज्याकेट बनाएकोमा तत्कालीन सेनाध्यक्ष जनरल बिपिन रावतले मेजर मिश्रालाई आर्मी डिजाइन ब्यूरो एक्सिलेन्स पुरस्कारबाट सम्मान गरेका थिए ।

२०१६–१७ को रक्षा बजेटबाट भारतीय सेनाका लागि ५०,००० बुलेटप्रुफ ज्याकेट किनिएको थियो । २०१८ को जुलाईमा तत्कालिन रक्षा राज्यमन्त्री सुभाष भामरेले एक लिखित जवाफमा भनेका थिए,“१, ८६,१३८ बुलेट प्रुफ ज्याकेटेको सम्झौता गरिएको छ । यसका साथै २०१६ को डिसेम्बरमा ब्यालेस्टिक हेलमेट खरिदको टेन्डर निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement