भारतीय सेना प्रमुख मनोज पाण्डे स्वदेश फिर्ता


काठमाण्डु – पाँच दिने भ्रमणमा नेपाल आएका भारतीय सेनाका प्रमुख मनोज पाण्डे स्वदेश फर्किएका छन् । बिहीबार स्वदेश फर्किएका पाण्डेलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले विदाइ गरेका हुन् ।

नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष पाणेडेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मनार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् । पाण्डेले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटवार्तासमेत गरेका थिए ।

उनले नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित सेनाको मध्य कमाण्ड हेडक्वाटरको भ्रमण गरेका थिए । साथै उनले भ्रमणका क्रममा नेपाली सेनालाई विभिन्न सैन्य सामग्रीसमेत हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement