भारतीय सेना प्रमुख पाण्डे जङ्गी अड्डामा


काठमाण्डु – भारतीय सेना प्रमुख जनरल मनोज पाण्डेलाई सैनिक मुख्यालय जंगी अड्डामा सम्मान अर्पण गरिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिने नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष पाण्डेको सम्मानमा जङ्गी अड्डामा सोमबार बिहान आयोजित एक समारोहमा सम्मान गारत अर्पण गरिएको हो ।

सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरेका छन् । यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement