भारतीय सेनाध्यक्ष काठमाण्डु अवतरण, रथी शर्माले गरे स्वागत (फोटोफिचर)


काठमाण्डु – भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाण्डु अवतरण भएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक भ्रमणमा उनी आज काठमाण्डु अवतरण भएका हुन् ।

उनको साथमा उनकी श्रीमती तथा भारतीय सेनाको आर्मी विभ्स वेलफेयर एशोसिएसनकी अध्यक्ष विना नरवाणे पनि आएकी छन् । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्मा र श्रीमती सुनिता शर्माले स्वागत गरेका थिए ।

तीन दिने भ्रमणको क्रममा नरवाणेलाई बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं वृहत्तर पार्न थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement