काठमाडौंमा यसरी मनाईयो भारतको ७१ औं सेना दिवस 


काठमाडौं– भारतिय सेनाले आफ्नो ७१ औं सेना दिवस भव्यताको साथ मनाएको छ । सेना दिवसको अवसरमा काठमाडौस्थित भारतिय दूतावासअन्र्तगतको रक्षा विंगले विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, रथी शरद गिरी,नेपालका लागी भारतिय राजदूत मंजिवसिंह पुरीलगायत सहभागी थिए । 

कार्यक्रममा सम्बोधन गर्दै नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतिय सेना दिवसको अवसरमा शुभकामना दिएका थिए । उनले दुवै देशका सेनाको सम्बन्ध समुधर रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझ मझबुत वन्ने विश्वास व्यक्त गरे । प्रधानसेनापति थापाले भारतिय सेनाले विश्वमै शक्तिशाली सेनाको रुपमा आफुलाई चिनाएको बताए । 

राजदूत पुरीले भारतिय सेनाले देशको रक्षा गरेको भन्दै करिव ३२ हजार गोरखा फौज भारतीय भुमिमा कार्यरत रहेको बताए । उनले दुवै देशका सेनाको सम्बन्ध अतुलनिय रहेको भन्दै आगामी दिनमा पनि दुई देशका सेनाको सम्बन्ध अझै मजवुत वन्ने बताए । राजदूत पुरीले नेपाली सेना र भारतिय सेनाले अन्र्तराष्ट्रिय स्तरमा समेत सहकार्य गरिरहेको बताए । 

काठमाडौंस्थित भारतिय सेनाका सैनिक सहचारी कर्णेल अभानिश चाम्वियालले भारतिय सेनाको इतिहास गौरवपूर्ण रहेको बताए । उनले भारतिय सेनामा हजारौं गोरखाहरुले काम गरीरहेको र त्यसबाट पनि नेपाल भारत सम्बन्ध विशिष्ट प्रकारको छ भन्ने कुरा पुष्टि भएको दावी गरे । 

सेना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारी, अवकासप्राप्त सेनाका जर्नेलहरु र नेपाल सरकारका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस
Advertisement