भारतीय सेनाको हेलिकोप्टर दुर्घटना, पाइलट र को-पाइलट घाइते


काठमाण्डु – भारतको जम्मू क्षेत्रमा भारतीय सेनाको हेलिकोप्टर दुर्घटना भएको छ । भारतको उधमपुर जिल्लाको चर्चित पर्यटन स्थल पटनी टपको माथिल्लो इलाकामा मंगलबार बिहान हेलिकोप्टर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा हेलिकोप्टरका पाइलट र को–पाइलट गम्भीर रुपमा घाइते भएको जम्मूमा सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले जानकारी दिएका छन् ।

गम्भीर रुपमा घाइते दुबै पाइलटको नजिकैको सैनिक अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । हेलिकोप्टर दुर्घटनाको कारण भने पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement