पर्सि भारतीय प्रधानसेनापति सेठले प्रधानमन्त्री शाहलाई भेट्ने

पर्सि भारतीय प्रधानसेनापति सेठले प्रधानमन्त्री शाहलाई भेट्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानसेनापति जनरल धीरज सेठले मंगलबार प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्ने भएका छन् ।

भारतीय प्रधानसेनापति जनरल सेठ नेपाली सेनाका प्रधानसेनापति जनरल अशोक सिग्देलको निमन्त्रणामा आइतबार नेपालको औपचारिक भ्रमणमा आउँदैछन् ।

नेपाल भ्रमणको क्रममा भारतीय सेनापति सेठले मंगलबार रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

साथै उनले प्रधानसेनापति सिग्देल लगायत उच्च सैन्य अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

प्रधानसेनापतिमा नियुक्त भएपछि सेठको यो पहिलो विदेश भ्रमण हो ।

सोमबार जनरल सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ।

२०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिको पद सम्हालेका सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आउन लागेका हुन् ।

नेपाल र भारतका सेना प्रमुखहरूलाई एक–अर्काको देशमा मानार्थ महारथीको दर्जा दिने लामो समयदेखिको परम्परा रहिआएको छ। सोही परम्पराअनुसार यसअघि सन् २०२४ को डिसेम्बरमा प्रधानसेनापति अशोक सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय सेनाको मानार्थ जनरलको उपाधि प्रदान गरेकी थिइन्।