भारतीय बिदेशमन्त्री आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका


काठमाण्डु – भारतीय विदेशमन्त्री एस. जयशंकर दुई दिने औपचारिक भ्रमणका लागि आज (बिहीबार) बिहान काठमाडौँ आउँदैछन्। आज बिहान सवा नौ बजे विशेष विमानमार्फत उनी त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।

विदेशमन्त्री जयशंकर समकक्षी एनपी साउदको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ।

जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलसहित दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने तय भएको छ ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक काठमाडौंमा बस्नेछ । बैठकमा नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमति पत्रमा हस्ताक्षर हुने बताइएको छ ।

बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमति पत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पङ्कज अग्रवालले बिहीबार हस्ताक्षर गर्नेछन् ।

विदेशमन्त्री जयशंकर शुक्रबार मध्यान्ह नयाँदिल्ली फर्किने कार्यतालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement