भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली


नयाँदिल्ली – भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ ।

भारतीय क्रिकेट बोर्डको अध्यक्ष एवं अन्य पदाधिकारीका लागि उम्मेदवारी दर्ता गर्ने अक्टोबर १४ सोमबार सम्म भएको म्यादमा अध्यक्ष पदका लागि अन्य कसैको पनि उम्मेदवारी नपरेका कारण उनी स्वतः अध्यक्षमा चयन हुने भएछन् ।

भारतीय क्रिकेटमा निकै शक्तिशाली एवं स्रोतसाधन सम्पन्न मानिने बोर्डको अध्यक्षमा अनुभवी क्रिकेट खेलाडी सौरभ गांगुलीको चयन हुनु गर्वको विषय हो, कार्यवाहक अध्यक्ष सिके खन्नाले खन्नाले भनेका छन् ।

खन्नाले बंगाल क्रिकेट संघका अध्यक्ष एवं क्रिकेट सल्लाहकार समितिका सदस्य समेत रहेका गांगुलीले भारतीय क्रिकेटलाई अझ नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गरेका छन् । बोर्डको चुनाव आगामी अक्टोबर २३ मा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement