परराष्ट्रमन्त्रालयले लियो भारतीय राजदूतसँग स्पष्टीकरण


काठमाडौं – सरकारले भारतीय राजदूतलाई बोलाएर लिपुलेकमा सडक निर्माण गरेको विषयमा जानकारी लिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर नेपाली भूमि मिचेर सडक निर्माण गरेको विषयमा स्पष्टीकरण लिएका हुन् ।

स्रोतकाअनुसार मन्त्री ज्ञवालीले राजदूत क्वात्रासँग नेपाली भूमि मिचेर नेपाललाई थाहै नदिई सडक उद्घाटन गरेको भन्दै आपत्ति जनाएका थिए । मन्त्री ज्ञवालीले भारतीय राजदूत क्वात्रालाई कुटनीतिक नोटसमेत दिएका थिए ।

भारतले नेपालमाथि हेपाहा प्रवृति देखाएको भन्दै राजनीतिक दल, नागरिक समाजलगायतले आपत्ति जनाउँदै आइरहेका छन् ।

त्यस्तै राजनीतिक दल र नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान टु वान वार्ता गरेर गुमेको नेपाली भूमि फिर्ता ल्याउन सरकारलाई दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement