काठमाण्डु – भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु नेपाल आइपुगेका छन् । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागीका लागि भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्षहरु मंगलबार नेपाल आइपुगेका हुन् ।
नेपाली सेनाको निमन्त्रणामा जनरल जोगिन्दर जसवन्त सिंह (अ.प्रा.), जनरल दीपक कपुर (अ.प्रा.), जनरल (डा.) विजय कुमार सिंह (अ.प्रा.), जनरल दलवीर सिंह सुहाग (अ.प्रा.), जनरल (डा.) मनोज मुकुन्द नरवणे (अ.प्रा.) र जनरल मनोज पाण्डे (अ.प्रा.) नेपाल आएका हुन् ।
सैनिक मुख्यालयमा हुने नेपाल भारत पूर्वप्रधानसेनापती कन्क्लेभमा समेत उनीहरु सहभागी हुने भएका छन् । उक्त कन्क्लेभमा दुईदेश बीच रही आएको सम्बन्धलाई अझै नागरिक स्तरमा पुर्याउन गर्नुपर्ने कामहरुको बारेमा समेत छलफल हुने बताइएको छ ।
नेपाल बसाइको क्रममा उनीहरु विभिन्न क्षेत्रको भ्रमण गर्ने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ । उनीहरुलाई नेपाली सेनाले कार्यक्रममा सहभागी हुन औपचारिक निमन्त्रणा गरेको हो ।
प्रतिक्रिया