भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित

भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री वालेन शाहलाई भारत भ्रमणको निम्तो दिन वैशाखको अन्तिम साता नेपाल आउन लागेका मिश्रीको भ्रमण तत्कालका लागि स्थगित भएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणापत्र बोकेर नेपाल आउन लागेका विदेश सचिव मिश्रीको प्रधानमन्त्री शाहलाई भेट्ने समय तय नभएका कारण भ्रमण स्थगित भएको भारतीय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री शाहले विदेश सचिवसँग भेट गर्ने विषयमा सहमति नजनाएपछि भ्रमण कार्यक्रम अन्योलमा परेको हो । यसअघि पनि विभिन्न विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्रीसँग भेट्ने प्रयास गरे पनि सफल हुन सकेका थिएनन् ।

हालै नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपूरले पनि प्रधानमन्त्री शाहसँग भेटन पटक–पटक प्रयास गरेका थिए । यस्तै कपूरपछि नेपाल भ्रमणमा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले पनि प्रधानमन्त्री शाहसँग भेट्ने प्रयास गरेपनि सफल भएनन्।