जोमसोम पुग्याे भारतीय वायु सेनाको हेलिकप्टर


मुस्ताङ- प्रधानमन्त्री नरे‍न्द्र मोदीको मुक्तिनाथ दर्शनको सुरक्षा व्यवस्था मिलाउन भारतीय सेनासहितको हेलिकोप्टर जोमसोम पुगेको छ ।  प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणलाई सुरक्षा व्यबस्था मिलाउन भारतीय सेना सहितकाे हेलिकप्टर जाेमसाेम पुगेकाे हाे ।

प्रधानमन्त्रीकाे भ्रमण लक्षित गरी प्राविधिक टोलीसहित आवश्यक सामग्री बोकेर आएको भारतीय वायु सेनाको हेलिकप्टर बिहीबार जोमसोम विमानस्थलमा अवतरण गरेकाे छ । मोदीले जनकपुरमा जानकी मन्दिर दर्शन गरिसकेपछि मुक्तिानथमा पुगेर भोलिनै दर्शन गर्ने कार्यक्रम छ । मोदी मुक्तिनाथबाट काठमाडौँ आएर पशुपतिनाथ दर्शनका लागि जाने भएका छन् ।

मोदीको मुक्तिनाथसम्मकाे धार्मिक भ्रमणलाई सफल बनाउन सुरक्षा, स्वागत र अन्य व्यवस्थापकीय तयारी तीव्र बनाइएकाे छ । बुधबार जेडपी ५११९ कलसाइनको भारतीय वायुसेनाको हेलिकोप्टर बुधबार पोखरा पुगेर फर्किएकाे थियाे ।

भ्रमणको तयारीका लागि बुधबार आएको भारतीय सेना र सुरक्षा अधिकारीको टोलीले मुक्तिनाथको स्थलगत अवलोकन गर्नुका साथै सुरक्षा अवस्थाको बारेमा जानकारी लिएर फर्किएको थियाे। मोदी भ्रमणका लागि भारतीय वायुसेनाको हेलिकोप्टरमा भारतीय सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

यसैबीच, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका साथै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गरेर सुरक्षा तयारी तीव्र बनाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए। उनले हाल मुस्ताङको सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिए। सीमानाका र मुक्तिनाथ क्षेत्रमा सुरक्षा सतर्कताका साथ चेकजाँच तथा गस्ती गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement