इण्डियन आइडलबाट अनु बाहिरिए, हिमेश रेशमियाको इन्ट्रि


कठमाडौं – गायक, संगीतकार तथा अभिनेता हिमेश रेशमिया ‘इण्डियन आइडल सिजन ११’को निर्णायकको जिम्मेवारी लिएका छन् । अनु मलिकले इण्डियन आइडल छोडेको एक हप्तापछि हिमेश रेशमियाले निर्णायकको जिम्मेवारी लिएका हुन् ।

इण्डियन आइडलका बारेमा बोल्दै हिमेश भन्छन्, ‘मैले इण्डियन आइडल हेरिरहेको छु । यसरी बीचमा इण्डियन आइडलसँग जोडिनुमा मलाई कुनै आपति छैन् । किनकी मलाई सबै प्रतिस्प्रर्धीको गायन क्षमता राम्ररी थाहा छ । म सहभागीहरुलाई प्रेम र सही सल्लाहको साथ मार्गदर्शन गर्नेछु । सायद यो सिजनको अन्त्यसम्म म इण्डियन आइडलमा रहनेछु ।’

हिमेशले आफू इण्डियन आइडलको अन्त्यसम्मै रहने बताएपछि अनुले यस रियालिटी शोबाट आफुले ३ हप्ताको मात्रै ब्रेक लिएको दाबी गरेका छन् । तर परिस्थिति हेर्दा उनी फर्किने सम्भावना भने कमै देखिन्छ । यसअघि अनु मलिकले यौन शोषणको आरोप लागेपछि इण्डियन आइडल छोडेका थिए । हालै गायिका सोना मोहापात्र, नेहा भसीनले अनुले विगतमा आफूलाई यौन शोषण गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement