भारतीय नौसेनाको विमान दुर्घटनाग्रस्त


एजेन्सी – भारतीय नौसेनाको मिग –२९ के प्रशिक्षक विमान बिहीबार समुद्रमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा एक जना पाइलट बेपत्ता भएका छन् भने अर्का पाइलटको सकुशल उद्धार गरिएको छ ।

बेपत्ता पाइलटको खोजी कार्य जारी राखिएको एक अधिकारीले जानकारी दिए । घटनाको छानबिन गर्न आदेश दिइएको र नौसेनाका अधिकारीहरूले दुर्घटनाको बारेमा थप विवरणहरू खोजीरहेका छन् ।

गत मंगलबार मात्र भारत, अमेरिका, जापान र अस्ट्रेलियाको संयुक्त युद्ध अभ्यासमा दुर्घटनामा परेको विमान पनि सहभागी थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement