भारतीय सुरक्षाकर्मीद्वारा पक्राउ परेका दुई नेपाली अझै बेपत्ता

भारतीय सुरक्षाकर्मीद्वारा पक्राउ परेका दुई नेपाली अझै बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले भारतीय सुरक्षाकर्मीबाट पक्राउ गरी बेपत्ता पारिएका सीमा क्षेत्रका दुई नेपाली नागरिकको अवस्था वर्षौंदेखि अज्ञात रहेको पाइएको जनाएको छ । आयोगले स्थलगत अध्ययन गरेर दुवै नेपालीको तत्काल खोजी गरी स्थिति सार्वजनिक गर्न सरकारलाई निर्देशनसमेत दिएको छ ।

आयोगका सदस्यद्वय मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालले २०७२ देखि ०७६ सम्म चीन र भारतसित सीमा जोडिएका २८ जिल्लाका नागरिकको अवस्था अध्ययन गरी प्रतिवेदन तयार गरेका हुन् । आयोगले प्रतिवेदन सोमबार अनुमोदन गरिसकेको छ ।

प्रतिवेदनका अनुसार भारतीय सुरक्षाकर्मीले बर्दियाका हर्कबहादुर शाहीलाई २०६७ फागुन र राममिलन लोधलाई २०६९ फागुनमा नियन्त्रणमा लिएका थिए । दुवैको अवस्था अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । आयोगले भारतसित राजनीतिक तथा कूटनीतिक तहमा सार्थक वार्ता गरी दुवै जनाको स्थिति तत्काल सार्वजनिक गर्न लगाउन र पीडित परिवारलाई भारतीय सरकारबाट उचित राहत दिलाउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिवेदनमा सीमा क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरीको उपस्थिति बढाई भारतीय सुरक्षाकर्मीबाट नेपाली नागरिक पक्राउ पर्ने, मारिने र बेपत्ता पारिने अवस्था अन्त्य गरी सुरक्षाको पूर्ण प्रत्याभूति दिनसमेत सरकारलाई सिफारिस गरिएको छ । बर्दियाको साबिक जमुनी गाविस हाल बढैयाताल गाउँपालिका–१ शान्तिपुरका शाहीलाई भारतीय सुरक्षाकर्मीले २०६७ फागुन ५ मा नेपाल–भारत सीमा स्तम्भ नं. ४१ बाट पक्राउ गरी बेपत्ता पारेका हुुन् । पक्राउपछि उनलाई भारतको लम्बीपोस्टमा लगिएको थियो ।

‘सीमा स्तम्भ नजिक उनी रहरको खेती लगाएको जग्गामा काम गरिरहेका थिए । आयोगको प्रतिवदेनअनुसार २०६९ फागुन १३ गते भारतीय जंगलमा दाउरा खोज्न गएका बर्दियाको गुलरिया नगरपालिका–११ का लोध फर्किएनन् । याे समाचार आजको कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन् ।