भारतीय राष्ट्रपतिकाे अनुराेध पाकिस्तानद्वारा अस्वीकार


इस्लामाबाद – पाकिस्तानले भारतीय राष्ट्रपतिकाे अनुराेध अस्वीकार गरेकाे छ । भारतीय राष्ट्रपतिकाे कार्यालयले  आईसल्याण्ड भ्रमणका लागि पाकिस्तानकाे आकास प्रयाेग गर्न अनुराेध गरेकाे थियाे ।

पाकिस्तानका विदेशमन्त्री शाह माेहम्मद कुरैशीले भारतकाे अनुराेध अस्वीकार गर्ने निर्णय पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अनुमाेदन गरेकाे जनाएका हुन । भारतले कश्मिरका जनताका अधिकार खाेज्दै बर्बर दमन जारि राखेकाे भन्दै पाकिस्तानले आफ्नो एयर स्पेश बन्द गरेकाे थियाे ।

कश्मिरमा ३४ दिनदेखि कर्फ्यु लगाएकाे कुरैशिले जनाएका छन् । पाकिस्ततानी पत्रिका डनका अनुसार, भारतका राष्ट्रपतिकाे भ्रमणका लागि पाकिस्तानी आकाश प्रयाेगका लागि गरिएकाे अनुराेध विद्ध्यमान अवस्थामा लागू गर्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement