काठमाण्डु – झापाको दमक नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ।
दमक–५ निवासी बुढाथोकीको शनिबार आफ्नै निवासमा ७२ वर्षको उमेरमा निधन भएको हो।
उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए। विसं २०४९ को स्थानीय तहको निर्वाचनमा बुढाथोकी एमालेबाट दमको मेयरमा निर्वाचित भएका थिए।
पछिल्लो समय एमाले छाडेर उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा थिए।
पूर्वनगर प्रमुख बुढाथोकीको निधनप्रति दमक नगरपालिकाकी उपप्रमुख रेगना भट्टराई प्रसाईंले समवेदना व्यक्त गरेकी छन्।
प्रतिक्रिया