पूर्वाधार शिक्षा स्वास्थ्य मुख्य प्राथमिकता : मुख्यमन्त्री आचार्य

पूर्वाधार शिक्षा स्वास्थ्य मुख्य प्राथमिकता : मुख्यमन्त्री आचार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उन्नाइसौँ गणतन्त्र दिवसको अवसरमा नेपाली जनताको लामो सङ्घर्ष, त्याग, बलिदान र जनआन्दोलनको उपज भएको बताए ।

न्याय, समानता, समावेशिता र समृद्धिको मार्गमा एकताबद्ध भएर अघि बढ्नुपर्ने जोड दिए । साथै गणतन्त्रको संरक्षण र प्रभावकारी कार्यान्वयन आजको आवश्यकता भएकोले सुशासन, सेवा प्रवाह सुधार र जनउत्तरदायी शासनलाई केन्द्रमा राखेर काम गरिरहेको बताए ।

कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, शिक्षाको गुणस्तर सुधार तथा स्वास्थ्य सेवाको पहुँच विस्तार पनि प्राथमिकतामा छ । उनले बताए ।