प्रहरी महानिरीक्षक अर्यालको कडा निर्देशन : आ–आफ्नो नियत सुधार गरेर जनताप्रति निष्पक्ष सेवा प्रदान गर्नुस


सिरहा — प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरीको नियतमाथि सधैं प्रश्न उठिरहने हुँदा प्रहरी कर्मचारीलाई आ–आफ्नो नियत सुधार गरेर जनताप्रति निष्पक्ष सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

सदरमुकाम सिरहामा जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवन सोमबार उद्घाटन गर्दै अर्यालले अपराध अनुसन्धान, शान्ति सुरक्षा, जनताप्रतिको निष्पक्ष सेवाभाव र सेवाग्राहीप्रतिको सभ्य व्यवहारलाई मूल मन्त्र मानेर काम गर्नुपर्ने निर्देशन दिए ।

‘संगठनभित्र आफूभन्दा माथिको हाकिम र नेतालाई खुसी पारे जे पनि गर्न सकिन्छ भन्ने कुरा अबको बदलिँदो परिवेशमा सबैले त्याग्न आवश्यक छ,’ उनले भने, ‘सीमित केही व्यक्तिको स्वार्थपूर्तिभन्दा पनि आमजनमानसका लागि काम गरेर प्रहरीले आफूलाई कल्याणकारी प्रवृत्तिका रूपमा उभ्याउन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement