इन्स्पेक्टर पृथ्वी र रचनाको ‘आउ हामी सँगै बसौं’ बजारमा


काठमाण्डु – सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पृथ्वी खनाल तथा गायिका रचना रिमालको ‘आऊ हामी सँगै बसौं’ गीत सार्वजनिक भएको छ ।आइतबार एक कार्यक्रमकाबीच उक्त लोक आधुनिक विधाको गीत यशोदा महत युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

गीतको भिडिओमा इन्स्पेक्टर खनालको निर्देशन, पिटर गुरुङको छायांकन तथा विष्णुहरि तिमल्सिनाको सम्पादन रहेको छ । उक्त गीतमा गीतकार यशोदा महतको शब्द, करनराज कार्कीको संगीत र देवेश राईको संगीत संयोजन तथा किशोर थापाको मिक्स/मास्टर रहेको छ भने भिडियोमा गायक गयिकाकै अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement