नेपाली सेनाका थापाले पाए बेलायतमा ‘इन्टरनेसनल सोर्ड अफ अनर’, नेपालले पहिलो पटक पायो ‘इन्सट्रक्टर पास’


काठमाण्डु – बेलायतमा एक नेपाली सैनिकले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।

बेलायतको स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एकेडेमीमा तालिम लिन पुगेका २१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापाले ‘इन्टरनेसनल सोर्ड अफ अनर’ प्राप्त गरेका हुन् ।

२० वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको यो पहिलो हो । विश्वका विभिन्न मुलुकका ३३ क्याडेट सहभागी उक्त तालिमका क्रममा उत्कृष्ट क्षमता प्रदर्शन गरेबापत थापाले उक्त अवार्ड पाएका हुन् ।

कमिसनिङ कोर्स समापनका क्रममा शुक्रबार बेलायती महारानीको प्रतिनिधित्व गर्दै उपस्थित जनरल सर प्याट्रिक स्यान्डर्सले थापालाई उक्त अवार्ड प्रदान गरे ।

यसबाहेक थापाले प्लाटुन कमान्डर पास समेत पाएका छन् । ब्रिटिस अफिसर क्याडेटलाई तालिम दिन योग्य उक्त ‘इन्सट्रक्टर पास’ नेपालले पहिलोपटक पाएको हो ।

थापाले अब कुनै पनि बेला रोयल मिलिट्री एकेडेमी स्यान्डहस्र्टमा आएर ब्रिटिस क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement