हाइटीको राष्ट्रपतिमा जोसेफ लाम्बर्ट नियुक्त

हाइटीको राष्ट्रपतिमा जोसेफ लाम्बर्ट नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – हाइटीको अन्तरिम राष्ट्रपतिमा जोसेफ लाम्बर्ट नियुक्त भएका छन् । गत् बुधबार हाइटीका राष्ट्रपति जोभेनेल मोइजको आफ्नै निबासमा गोलि हानेर हत्या गरिएपछि राष्ट्रपति पद रिक्त हुन पुगेको थियो ।

लाम्बर्टलाई राष्ट्रपति नियुक्तीको सङ्कल्प प्रस्ताब सिनेटबाट पारित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सङ्कल्प प्रस्ताब शुक्रबार सिनेटमा लगिएको थियो । जसलाई प्रतिपक्षी दल र विभिन्न संगठनहरुले समेतले समर्थन गरेको थिए ।

हाइटीको केही राजनीतिक दलले भने एरियल हेनरीले नयाँ सरकारको नेतृत्व गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रपति जोभेनेलले हत्या हुनुभन्दा दुई दिन अघि मात्रै हेनरीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।