दक्षिण अफगानिस्तानमा तेह्र जना तालिबान लडाकू मारिए


एजेन्सी – अफगानिस्तानको जाबुल प्रान्तको शाहजोय जिल्लामा भएको एक सुरक्षा कारबाहीको क्रममा कम्तीमा १३ तालिवान लडाकू मारिएका सेनाद्वारा मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

प्रेस विज्ञप्तिका अनुसार सोमबार समस्याग्रस्त शाहजोई जिल्लाका केही भागमा सञ्चालन गरिएको यस अभियानमा चार जना लडाकू घाइते भएका थिए ।

उक्त क्षेत्रमा विद्रोहीहरुलाई सफा नगरेसम्म कारबाही जारी रहने प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ । तालिबानी संगठनले यस कारबाहीको बारेमा केही टिप्पणी गरेका छैनन् । –सिन्हवा

प्रतिक्रिया दिनुहोस
Advertisement