इन्टरपोलका अध्यक्ष नै बेपत्ता, चीनमा वेपत्ता भएको आशंका


काठमाडौं – प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) का अध्यक्ष मेंग होंगवेइ सम्र्पकविहिन भएका छन् । मेंग फ्रान्सबाट चीन गएको त्यसपछि कुनै सम्र्पक नभएको जनाइएको छ । यसबारेमा फ्रान्स सरकारले अनुसन्धान सुरु गरेको जनाएको छ । उनि चिनियां कम्युनिष्ट पार्टीका उच्च अधिकारी समेत हुन् ।

यसअघि उनी चीनमा सामाजिक सुरक्षा उपमन्त्री समेत थिए । चीनमा उनको जिम्मेवारी गुप्तर पुलिसको काम(काज रेखदेख र निगरानी गर्नु थियो । मेंगकी पत्नीले उनको कुराकानी सेप्टेम्बरको अन्तिम साता भएको बताएकी छिन् ।

 

९५ वर्षको इतिहासमा इन्टरपोलको अध्यक्ष बन्ने मेंग पहिलो चिनियाँ नागरिक हुन् । इन्टरपोलको मुख्यालय फ्रान्सको लियान शहरमा छ । फ्रान्सका सञ्चारमाध्यमले मेङ्गले २९ सेप्टेम्बरमा फ्रान्स छोडेको दावी गरेका छन् । नोभेम्बर २०१६ मा उनी इन्टरपोलका अध्यक्ष बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement