आईफोनका प्रमुख डिनाइनरले एप्पलको जागिर छोडे


एजेन्सी – आज तपाईले जुन आईफोन तथा आईम्याकको प्रयोग गरिरहनु भएको छ, त्यसका डिजाइनर तथा एप्पलका प्रमुख डिजाइन अधिकृत जोनी आइभ औपचारिक रुपमा एप्पलबाट बिदा भएका छन् । एप्पलको लीडरशीप पेजमा उनको फोटो सहितको बायोग्राफी अब तपाइले देख्न पाउनु हुनेछैन ।

बेलायती मुलका आइभले एप्पलमा ३० वर्ष काम गरेका छन् । उनले जुन महिनादेखि एप्पलबाट हट्ने घोषणा गरेका थिए । साथै उनले एक स्वतन्त्र डिजाइन फर्म लभ फ्रम खोल्ने घोषणा गरेका छन् । यसको सर्वाधिक प्रतिष्ठित ग्राहकमा एप्पल पनि समावेश हुनेछ ।

एप्पलका सीईओ टीम कुकले एक समयमा भनेका थिए, ‘डिजाइनको विश्वमा आईभ सर्वा्धिक प्रतिष्ठित व्यक्ति हुन् । १९९८ देखि एप्पललाई पुनर्जि्वित गर्नुमा उनको ठूलो योगदान रहेको थियो । आईफोन तथा आइम्याकको क्षेत्रमा उनको योगदान अभूतपूर्व रहेको छ ।’
आईभ एप्पलका सह संस्थापक स्टिभ जब्सको अत्यन्त नजिकका साथी हुन् । जब्सलाई उनी आत्मिय साथी मान्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement