आईपीएल : राजस्थान प्ले अफमा, पञ्जाब र कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

आईपीएल : राजस्थान प्ले अफमा, पञ्जाब र कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४० रनले हराएको छ ।

मुम्बईमा आइतबार पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०३ रन बनायो ।

दिल्लीका लागि केएल राहुलले आक्रामक ब्याटिङ गर्दै ३० बलमा ६० रन बनाए । २०४ रनको लक्ष्य पछ्याएको कोलकाता १८ ओभर ४ बलमा १६३ रनमा समेटियो । मुम्बई इन्डियन्स राजस्थान रोयल्ससँग पराजित भएपछि कोलकाता र पञ्जाब किंग्स दुवै प्लेअफ दौडबाट बाहिरिएका छन् ।

प्लेअफको सम्भावना जोगाउन कोलकातालाई यो खेल जित्नैपर्ने दबाब थियो । यो जित दिल्ली क्यापिटल्सका लागि सान्त्वना बनेको छ भने कोलकाता नाइट राइडर्सको प्लेअफ यात्रा समाप्त भएको छ ।

यस्तै हाइतबार नै भएको खेलमा राजस्थानले मुम्बईलाई हराउँदै प्लेअफमा स्थान बनाएको छ । लिगको आफ्नो अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई ३० रनले हराउँदै राजस्थानले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

यो नतिजापछि पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्स प्रतियोगिताबाट बाहिरिएका छन् । जोफ्रा आर्चरले २ विकेट लिएपछि मुम्बईमाथि राजस्थानले महत्त्वपूर्ण जित निकालेको हो । यो जितसँगै राजस्थान १६ अंकसहित अंक तालिकाको चौथो स्थानमा पुग्यो ।