आरसीबी लगातार दोस्रो पटक आईपीएल फाइनलमा, इलिमिनेटरमा आज हैदराबाद र राजस्थानको खेल हुँदै

आरसीबी लगातार दोस्रो पटक आईपीएल फाइनलमा, इलिमिनेटरमा आज हैदराबाद र राजस्थानको खेल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लगातार दोस्रो सिजन इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सलाई ९२ रनको विशाल अन्तरले पराजित गर्दै बैंगलोरले फाइनलको यात्रा तय गरेको हो।

पराजित गुजरातले भने फाइनल प्रवेशका लागि अब एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।

हिमाचलको धर्मशालास्थित एचपीसीए स्टेडियममा भएको क्वालिफायर–१ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल लक्ष्य दिएको थियो। बैंगलोरका लागि कप्तान रजत पाटीदारले ३३ बलमा ५ चौका र ९ छक्कासहित अविजित ९३ रनको विष्फोटक इनिङ खेलेका थिए।

गुजरातका तर्फबाट कागिसो रबाडा र जेसन होल्डरले २–२ विकेट लिए।

२५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा मात्र १६२ रनमा समेटियो। जोस बटलरले ११ बलमा २९ रन जोडे भने राहुल तेवाटियाले ४३ बलमा ८ चौका र ४ छक्काको मद्दतले ६८ रनको अर्धशतकीय इनिङ खेले ।

बैंगलोरका लागि ज्याकब डफीले ३ विकेट लिएका थिए भने कृणाल पाण्ड्या, भुवनेश्वर कुमार र रसिक सलामले २–२ विकेट बाँडेका थिए।

आईपीएल क्रिकेटको इलिमिनेटरमा बुधबार बेलुका पौने ८ बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले खेल्दैछन् ।