आईपीएल फाइनल आज : आरसिबी र गुजरात खेल्ने

आईपीएल फाइनल आज : आरसिबी र गुजरात खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आइतबार साँझ हुँदैछ । फाइनलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल अहमदाबादमा नेपाली समय अनुसार साँझ पौजे ८ बजे सुरु हुनेछ । पहिलो क्वालिफायरमा पराजित भएको गुजरात दोस्रो क्वालिफायरमा विजयी हुँदै फाइनल पुगेको हो । दोस्रो क्वालिफायरमा राजस्थन रोयल्सलाई सात विकेटले हराउँदै गुजरात फाइनल पुगेको हो ।

आरसिबी समूह चरणका १४ खेलमध्ये ९ जित निकाल्दै १८ अंकका साथ शीर्ष स्थानमा कायम रहँदै पहिलो क्वालिफायरमा विजयी भएर फाइनल पुगेको टिम हो ।

आरसिबी लगातार आईपीएलको उपाधि रक्षा गर्न चाहन्छ भने जिटी पहिलो क्वाफिायरका बदला लिँदै उपाधि उचाल्न चाहन्छ ।