कोलकाताका कप्तान श्रेयस ऐरलाई १२ लाख जरिवाना


काठमाण्डु- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस ऐरलाई १२ लाख भारू जरिवाना लगाइएको छ ।

मंगलबार राति राजस्थान रोयल्ससँगको खेलमा बलिङ निर्धारित समयभन्दा ढिलो सकेपछि स्वलो ओभर रेटका कारण ऐरलाई कारबाही गरिएको हो ।

जुन खेलमा कोलकाता राजस्थानसँग २ विकेटले पराजित भएको थियो । जारी आईपीएलमा स्वलो ओभर रेटका कारण यसअघि दिल्लीका कप्तान ऋषभ पन्त र चेन्नाइ सुपर किंग्सका ऋतुराज गायकवाड पनि १९ लाख जरिवानामा परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement