लखनउमाथि सनराइजर्सको १० विकेटको जित


काठमाण्डु – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । बुधबार राती  सम्पन्न खेलमा सनराइजर्सले लखनउलाई १० विकेटले पराजित गरेको हो ।

लखनउले दिएको १६६ रनको लक्ष्य पछाएको सनराइजर्सले ९.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

सनराइजर्सको जितमा अभिषेक शर्माले २८ बलमा ७५ तथा ट्राभिस हेडले ३० बलमा ८९ रन बनाएका थिए । यो आइपिएलको इतिहासमा कुनै पनि टिमले १० ओभर अगाडी नै बनाएको सबैभन्दा बढी रन हो ।

यसअघि लखनउले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement