आईपीएल : आज आरसीबी र चेन्नईको खेल

आईपीएल : आज आरसीबी र चेन्नईको खेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । खेल बेङ्गलुरुमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

बेङ्गलुरु १० खेलमा १४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । समान १० खेलमा चेन्नईको ४ अङ्क छ । तालिकाको पुछारमा रहेको चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरीसकेको छ ।

यसअघि शुक्रबार भएको खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३८ रनले हराएको छ ।

जीतका लागि २२५ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८६ रन बनायो । अभिषेक शर्माले ७४ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।

त्यसअघि अहमदावादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो ।

उसका कप्तान शुभमन गिलले सर्वाधिक ७६ रन बनाए । त्यस्तै जोश बट्लर ६४ र साई सुदर्शन ४८ रनमा आउट भए ।

यो जीतसँगै गुजरातको १० खेलमा १४ अङ्क भएको छ । गुजरात तालिकाको दोस्रो स्थानमा छ । हैदराबाद समान १० खेलमा ६ अङ्कसहित नवौं स्थानमा छ ।