आईपीएल : फाइनलमा पुग्न मुम्बई र पन्जाब आज खेल्दै

आईपीएल : फाइनलमा पुग्न मुम्बई र पन्जाब आज खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुग्न आइतबार मुम्बई इन्डियन्स र पन्जाब किङ्ग्स खेल्दैछन् । यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

शुक्रबार भएको इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इन्डियन्स दोस्रो क्वालिफायरमा पुगेको हो । उसले गुजरातलाई २० रनले हरायो ।

पन्जाब पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)सँग पराजित हुँदा दोस्रो क्वालिफायर खेल्न लागेको हो । बेङ्गलुरुले पन्जाबलाई ८ विकेटले हराएको थियो ।

आइतबार हुने दोस्रो क्वालिफायरको विजेता टोलीले उपाधिका लागि मङ्गलवार रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)सँग खेल्नेछ ।