आईपीएल : लखनउविरुद्ध आरसीबीको शानदार जीत, आज मुम्बई र पञ्जाब खेल्दै

आईपीएल : लखनउविरुद्ध आरसीबीको शानदार जीत, आज मुम्बई र पञ्जाब खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेङ्गलुरुले लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गरेको छ ।

बेङ्गलुरुमा भएको खेलमा लखनउले दिएको १४७ रनको लक्ष्य बेङ्गलुरुले १५ ओभर १ बलमै पूरा गर्‍यो । बेङ्गलुरुका विराट कोहली र देवदत्त पाडिकलले ५० रनको साझेदारी गरे ।

त्यसअघि पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो । लखनउका लागि सबैभन्दा मिचेल मार्सले ४० रन बनाए ।

बेङ्गलुरुका रसिक सलामले ४ विकेट लिए । भुवनेश्वर कुमारले ३ तथा क्रुनाल पाण्ड्याले २ र जोस हेजलउडले १ विकेट लिए ।
योसँगै बेङ्गलुरु ५ खेलमा चौथो जीत निकाल्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ । बेङ्गलुरु र राजस्थान रोयल्सको समान ८ अङ्क छ । राजस्थान दोस्रोमा झरेको छ ।

लखनउ सुपर जायन्ट्सको पाँचौँ खेलमा तेस्रो हार हो । टोली सातौं स्थानमा यथावत् छ ।

आईपीएलमा बुधबार मुम्बई इन्डियन्स र पञ्जाब किङ्सले खेल्दैछन् । यो खेल मुम्बईमा बेलुकी पौने ८ बजे शुरु हुनेछ ।