आईपीएल : हैदरावादद्वारा दिल्ली पराजित, आज लखनउ र राजस्थान खेल्दै

आईपीएल : हैदरावादद्वारा दिल्ली पराजित, आज लखनउ र राजस्थान खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

हैदरावादको घरेलु मैदानमा भएको खेलमा हैदरावाद ४७ रनले विजयी भएको हो । पहिले ब्याटिङ गरेको हैदरावादका अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गरे । उनले ६८ बलमा अविजित १३५ रन बनाए । हैदरावादले २० ओभरमा २ विकेट गुमाउँदै २४२ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको दिल्लीले पूरा ओभर खेल्दै ९ विकेट गुमाउँदै १९५ रनमात्र बनाउन सक्यो । जीतसँगै हैदरावाद ७ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ भने दिल्ली ६ खेलमा ६ अङ्कसहित पाँचौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा बुधबार लखनउमा बेलुकी पौने ८ बजे लखनउ सुपर जाइन्ट्स र राजस्थान रोयल्सले खेल्दैछन् ।