आइपिएल: सनराइजर्समाथि गुजरात ७ विकेटले विजयी


काठमाण्डु- इण्डियन प्रिमियर लिग अन्तर्गत गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा गुजरातले सनराइजर्सलाई ७ विकेटले पराजति गरेको हो ।

सनराइजर्सले दिएको १६३ रनको लक्ष्य पछाएको गुजरातले १९.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । गुजरातको जितमा साइ सुदर्शनले सर्बाधिक ४५ रन बनाएका थिए भने डेभिड मिलरले अविजित ४४, कप्तान शुभमन गिलले ३६, रिद्धिमान शाहले २५ र विजय शंकरले अविजित १४ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउदै १६२ रन बनाएको थियो । सनराइजर्सका लागि अभिषेक शर्मा र अब्दुल समादले सर्बाधिक २९-२९ रन बनाएका थिए । त्यसति शहबाज अहमदले २२, ट्राभिस हेडले १९, मयंक अग्रवालले १६ र एडेन मर्क्रमले १७ रन बनाएका थिए ।

त्यसैगरी गुजरातका बलर मोहित शर्माले सर्बाधिक ३ विकेट लिए भने अज्मतुल्लाह ओमारजाई, उमेश यादव, रसिद खान र नूर अहमदले एक एक विकेट लिएका थिए ।

यो गुजरातको यस सिजनमा तेस्रो खेलमा दोस्रो जित हो । यो जितपछि ३ खेलमा ४ अंक भएको छ र चौथो स्थानमा रहेको छ । त्यस्तै सनराइजर्सको भने यो तेस्रो खेलमा दोस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement